बुलबुल - एउटा इरानी चरा Part 4

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो । (अच्युत घिमिरे)

यो संग मिल्दाजुल्दा



0 Responses