Showing posts with label बुलबुल - एउटा इरानी चरा. Show all posts
Showing posts with label बुलबुल - एउटा इरानी चरा. Show all posts

बुलबुल - एउटा इरानी चरा Part 17

बुलबुल - एउटा इरानी चरा Part 17 Enjoy Listening

बुलबुल - एउटा इरानी चरा


बुलबुल - एउटा ईरानि चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक कार्यक्रम !!!
"स्त्रीहरूसितको बार्तालाबलाई नै गजल भनिन्छ" यदी यो परीभाषालाई मान्ने हो भने हाम्रो बार्तालाब सभ्य हुनुपर्दछ, सिल हुनुपर्दछ, माधुर्य र बिराम हुनु जरुरी छ । कुरामा भाबनात्मक्ता, मादक्ता प्रतिबिम्बित हुनुपर्दछ अनी पो बार्तालाबको मिठास रहन्छ, गजल को मिठास रहन्छ ।
गजलको दोश्रो अर्थ हरिणको त्यो करुनमय स्वर हो । जब उ शिकारी कुकुरहरूको पन्जामा फसेको हुन्छ त्यो अवस्थामा हरिणको घाँटिबाट यति हृदयबिदारक स्वर निस्कन्छ कि शिकारी कुकुरहरूपनी केही पर हट्न थाल्दछन् । हरिणको त्यो स्वर नैरास्यताको प्रतिकृया हो । असहायताको चारमोत्कर्समा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दाबलिमा यसैलाई "गजालुल कल्व" अर्थात हरिणको दर्दनाक स्वर भनिन्छ ।

बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो ।

नेपाली साहित्य मा गजल नौलो बिधा होइन तर पनि नेपाली साहित्यमा यस्को मौलिक शैलीको बिकास भने हुन सकेको छैन यो अर्थमा कि नेपालमा लेखिने धेरै जसो गजलहरू हिन्दी या उर्दु शैली मा नै लेखिने गरिन्छ । यस्को जन्म फारसी भाषामा भएतापनी बिभिन्न समयमा बिभिन्न शैलिहरूको बिकास भएको पाईन्छ । सुरुवातकाल मा स्त्रिहरुको बर्णनमा लेखिने गजलहरू अहिलेको समय सम्म आईपुग्दा धेरै क्षेत्रलाई समेटेर लेख्न थालिएको पाईन्छ ।

वर्तमान समयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्ष सयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भइरहेका छन् भने पुराना र अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरुसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रुपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई 'आयातीत विधा या कविता वा गीतको एउटा रुप' भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यसर्थ यसलाई गेय विधाको रुपमा पनि चिनिन्छ ।

लय गजलका लागि अत्यावश्यक तत्व मानिन्छ । गजल गेय विधा भएकोले यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । बहर छन्द लय मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरु हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आवद्ध हुनैपर्दछ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवासय वर्ष वितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरुले । साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ ।

सन्दर्भ सामाग्री : [अच्युत घिमिरे, रेडियो कार्यक्रम बुलबुल], [घनेन्द्र ओझा, बहर तथा लयमा गजललेखन]


बुलबुल - एउटा इरानी चरा Part 16 - "रातो गुलाब" विशेष


कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो ।
एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।
साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे – के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए – भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।
सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् – रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए । (अच्युत घिमिरे)

बुलबुल - एउटा इरानी चरा Part 15

हाम्रा पिता पूर्खालाई धन्यवाद जसले हामीलाई यो युगमा जन्म दिए । जहाँ २ कोश परका मान्छेलाई दमाहा ठोकेर ध्यानाकर्षण गरी अंजुलीले मुख ढाकेर चर्को आवाजमा बोलाइएको कट्वाल पनि सुनियो अनि उज्यालाको स्टुडियोमा बोलेको बुलबुलको बोली अहिले जस्ताको तस्तै अमेरिकाको भर्जिनिया वा कतारको दोहा, वा थाइल्याण्डको बंैकक वा अफ्रिकाको नाइजेरियामा एकैसाथ सुनिरहिएको छ । यदि भाग्य छ र हामी भाग्यमा विश्वास गर्छौं भने गर्वका साथ हामीले भन्नुपर्छ – हामी भाग्यमानी हौं । विश्वलाई साँघुरो गाउँ बनाएका छौं प्रविधिकै माध्यमले । यो स्टुडियो भित्र यति मसिनो गरी बोलेको आवाज पृथ्वीभरि उत्रै स्वरमा तरंगित हुनु वास्तवमै आश्चर्य पनि हो । यसको ज्वलन्त उदाहरण आज मैंले बुलबुल मार्फत विदेश बस्नेले हाम्रै पाखा पखेरामा वा शहर शेहरामा बसेका आफन्तहरुमा पठाएका सन्देशहरु लिएर आएको छु । जो यो आवाज संगसंगै एकैसाथ प्रेषक वा प्रापक सम्म जानेछ । बुलबुल त मात्र माध्यम हो । विचार तपाईंको हो, प्रापक पनि तपाईं आफैं हो । बुलबुलले एक मान्छेसंग अर्को मान्छेलाई मित्रको माध्यममा जोडेको, प्रेमी प्रेमीकाको माध्यममा जोडेको, पराया ठाउँमा परिचयको माध्यम बनेको सैयौं उदाहरण मै संग साक्षी छन् । साधुवाद सबैप्रति, यो प्रीति युग युग सम्म बाँचिरहोस् । (अच्युत घिमिरे)

यसपाली बाबालाई टोपी किन्न आँउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
दुइ चार पैसा बोकिकन रिन छिन्न आउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु । (यम बुढा मगर, दुबई)

बुलबुल - एउटा इरानी चरा Part 14

कति जिद्धि गछौ तिमी रहरले हुन्न माया ।
कति जिद्धि गछौ तिमी रहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया ।
शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै ।
नाना भाती बयान बोक्ने बहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया । ( निर्मला थापा, काठमाडौं )

बुलबुल - एउटा इरानी चरा Part 13

गजल गायन क्षेत्रमा पंकज उदासका गजलहरु बेग्लै शैलीका गायनमा छन् । उनकै पनि पूराना गजल र नयाँ गजल गायनमा ठूलो पृथकता छ । पंकज उदासलाई शास्त्रीय शैलीमा गजल नगाउने गायक भन्ने आरोप पनि हामी जस्तै गजलप्रेमी एउटा वर्गको छ । उनको आवाजमा हुरुक्कै हुनेहरुको पनि एउटा ठूलो जमात । आज पंकजका गजल सुन्ने र पर्गेल्ने जिम्मा तपाईंलाई । (अच्युत घिमिरे)

बुलबुल - एउटा इरानी चरा Part 12

स्कूले जीवन पार गरेको आज १२ वर्ष बितेछ । यो बीचमा कैयौं नयाँ दुनियाँ देखियो, कैयौं उकाली ओराली फेरि गरियो । खै कुन सुख हो कुन दुख आज हिसाब लगाउन गाह्रो भइरहेछ । चक्र झैं घुमी घुमी जीवन चल्यो । आज दुई विषयमा मास्टर डिग्री सकिएको छ । अब तिनै मेरा स्कूले शिक्षक जस्तै आदर्श म रटाइरहेछु मेरा क्याम्पसका छात्र छात्रालाई । उसैगरी, उही शैलीले । आफ्नो जीवनमा निराशाका पक्षहरु बढी भेटेपछि एउटा गन्तव्य भुलेको यात्री जस्तो एक्लो पाउँछु आफूलाई । मेरा प्रत्येक विचारहरु यो समाजको मापदण्ड भन्दा बाहिर छ । हरेकका सोचाइ हरेकसंग कहाँ मिल्छ र ? गलत भनेको प्रत्येक कुरा कहाँ सधैं गलत रहन्छ र ? Everything is not always wrong, even a stop watch can give right time twice a day कुनैपनि कुरा सधैं गलत हुँदैन । एउटा रोकिएको घडी स्टप वाचले पनि दिनको दुई पटक सही समय दिन्छ ।

बुलबुल - एउटा इरानी चरा Part 11 - नेपाली गज़ल बिशेष

कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ

तिमी र म संगसंगै गर्नुहुन्थ्यो यात्रा
जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ

ओइलिएका रहरहरु पलाउँछन् कि फेरि
सम्झनाको असीनाले चुटेपछि आयौ (कादम्बिनी)

बुलबुल - एउटा इरानी चरा Part 10

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं – बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा ।” एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गछौ |(अच्युत घिमिरे)

बुलबुल - एउटा इरानी चरा Part 9

सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई “गजालुल कल्व” अर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।(अच्युत घिमिरे)

बुलबुल - एउटा इरानी चरा Part 8

नदी किनारे धुवाँ उठे, मै जानु कुछ होए
जिस कारण मे जोगन बनी, कहीं वही न जलता होए
तुलसी एैसी प्रीत न कर्, जैसी लम्बी खुजुर
धुप लगे तो छावँ नहीं, भुक लगे फल दूर |

बुलबुल - एउटा इरानी चरा Part 7

तिहार गजल....!!
गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु

बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु ('निष्प्रभ सजी')

बुलबुल - एउटा इरानी चरा Part 6

बल्ल पकडमा आई मेरी बुलबुल
उडेर नजानु फेरी तिमी मेरी बुलबुल

एक रुखबाट अर्को रुखमा
फुत्त फुत्त उड्छौ देखाई तिम्रो चुलबुल

चिर्र चिर्र तिम्रो आवाजमा
माधुर्य दौडिन्छ कानमा खुलबुल खुलबुल

प्रतिक्षा गराई पुरई हप्ता दिनमा
उज्यालो संगै आउछे मेरी बुलबुल, मेरी बुलबुल (Shikhar Vaidya)

बुलबुल - एउटा इरानी चरा Part 5

संगीहरुको हुलमा हुदा!!!

संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।

उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।

उसका पछि लाग्ने पनि थिए होलान् कति कति,
गल्दै गए नजर बाडले मलाई मात्र ताकेपछि ।

उ मेरो अनि म उसकै लागी जन्मेको रे
हार खाए मलाइ पाउन देवी देवता भाकेपछि ।

फलाम होइन मेरो मन पगाल्नलाइ आगो चाहिने
विवश भए उसको माया जालले मलाइ ढाकेपछि ।

शनैः शनैः छहारीको अभाव दुख्न थाल्यो
गरें स्वीकार म मा पनि मायाको बेल पाकेपछि । (आस्था दाहाल)

बुलबुल - एउटा इरानी चरा Part 4

गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो । (अच्युत घिमिरे)

बुलबुल - एउटा इरानी चरा Part 3 - नेपाली गज़ल बिशेष

आउनु महिना दिन को बिदा मागेर प्रिया...!!

आउनु महिना दिन को बिदा मागेर प्रिया
आउनु महिना दिन को बिदा मागेर प्रिया
लेउनु दशै तिहार सँगइ डाकेर प्रिया

हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
दशैमा नाउनी भए बाटो नहेर प्रिया (गोपी दवाडि,अजिता अधिकारि)

बुलबुल - एउटा इरानी चरा Part 2

युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया..!!

पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया

तिमी फुल्थयौ बगैचामा म फुल्दथे भिर पाखामा
हाम्रा कथा बंग्रयाएर कसले आज लेख्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया (श्रेष्ठ पिया पथ्थर)

बुलबुल - एउटा इरानी चरा Part 1